समय : ०६:१० pm | शुक्रबार , चैत्र ६ गते २०८२

प्रहरीाद्वारा जिल्लामा अपराध न्यूनिकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रम प्रत्येक दिन सन्चालन जिल्ला

स्वर्गद्वारी अपडेट | माघ २६ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान । जिल्लामा अपराध न्यूनिकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रम प्रत्येक दिन सन्चालन जिल्ला प्रहरी कार्यलय प्यूठानले गरिरहेको छ । आज बिहिवार पनि सामुदायी प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत निल्ला प्रहरी कार्यालय मातहतमा रहेका ईलाका प्रहरी कार्यालय ओखरकोट, पुजालिबासे, प्रहरी चौकी चुजाँठाटी, कोचिवाङ, मरन्ठाना, अस्थायी प्रहरी पोष्ट लामाचौर, कैरन, क्वाडी र बाग्दुला प्यूठानबाट आ—आफ्नो वडाक्षेत्रहरुमा प्रहरी टोली खटी गई स्थानिय समाजसेवी, बुद्धिजिवी व्यक्तिहरुलाई भेला जम्मा गरी गाउँ, टोलमा दैनिक घटीरहने बालविवाह, बहुबिवाह न्यूनिकरण साथै अपराध अनुसन्धान तथा नियन्त्रण जनचेतना मुलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यलय प्यूठानले जनाएको छ ।   समाजमा यस्ता घटना घटेमा नजिकैको प्रहरी कार्यलयलाइ तथा प्रहरी पोष्टलाइ खबर गर्न उल्लेख गर्दै सुरक्षित रहन प्रहरीले आग्रह समेत गरेको छ ।

यो पनि पढ्नुहोस्