समय : ०८:२९ am | बिहिबार , फागुन १४ गते २०८२

स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सवमा ‘प्यूठान डान्स आईडल’

स्वर्गद्वारी अपडेट | माघ १७ गते २०७९
स्मृती घर्ती मगर, प्यूठान। स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ को अवसरमा बृहत नृत्य प्रतियोगिता 'प्यूठान डान्स आईडल' संचालन हुने भएको छ। यहि फागुन ४ गतेदेखि १४ गतेसम्म सञ्चालन हुन गइरहेको लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सवमा 'प्यूठान डान्स आईडल' संचालन हुने भएको हो। आईडलका लागि पालिका स्तरिय अडिसन गर्न लागिएको प्यूठान डान्स आईडल व्यवस्थापन समितिका संयोजक प्यार अलि खानले बताउनुभयो । आइडल बन्न सफल ब्यक्तिले ५५ हजार ५ सय ५५, फस्ट रनरअपले ३३ हजार ३ सय ३३ र सेकेन्ड रनरअपले २२ हजार २ सय २२ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो । पालिका स्तरीय अडिसन माघ २१ गते सरुमारानी गाउँपालिकाको बड्डाँडा, माघ २२ गते माण्डवी गाउँपालिकाको जस्पुर, माघ २३ गते स्वर्गद्धारी नगरपालिकाको जलुके, माघ २४ गते ऐरावती गाउँपालिकाको बरौंलामा हुँदैछ । त्यसैगरी, माघ २५ गते गौमुखी गाउँपालिकाको ठूलावेशी, माघ २६ गते झिमरुक गाउँपालिकाको मच्छी, माघ २७ गते नौबहिनी गाउँपालिकाको बाहाने, माघ २८ गते मल्लरानी गाउँपालिकाको चुँजाठाँटी र माघ २९ गते प्यूठान नगरपालिकाको जुम्रिमा गर्ने समितिले जनाएको छ । २०६५ सालदेखि  संचालन गरिंदै आएको यो महोत्सव पाँचौ महोत्सव हो ।

यो पनि पढ्नुहोस्