समय : ०८:२७ am | बिहिबार , फागुन १४ गते २०८२

ब्राउन सुगरसहित ९ जना पक्राउ

स्वर्गद्वारी अपडेट | माघ १६ गते २०७९
सवर्गद्वारी अपडेट प्यूठान । सिरहा प्रहरीले नवराजपुर गाउँपालिका २ मझौराबाट लागूऔषध ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ओमप्रकाश यादवको घरमा छापा मारेर ईलाका प्रहरी कार्यालय झाँझपट्टीको टोलीले ब्राउन सुगरजस्तो देखिने सेतो पदार्थ २८ ग्रामसहित ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी यादव, सोही ठाउँका २२ वर्षीय अमितकुमार यादव, २५ वर्षीय देवरामकुमार यादव, लहान नगरपालिका १२ का ५१ वर्षीय मदनकुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी पक्राउ परेका हुन् । त्यसैगरी लहान नगरपालिका–५ का २७ वर्षीय इरफान हुसेन, लहान नगरपालिका-१ का १९ वर्षीय कृष्णा पासमान, सप्तरी शम्भुनाथ नगरपालिका–१२ अर्नाहका २३ वर्षीय रमेश पासमान र सप्तरीकै शम्भुनाथ नगरपालिकाका २२ वर्षीय सुरेशकुमार पासमान पक्राउ परेका हुन् । उनीहरुको साथबाट लागूऔषध तौल गर्ने डिजिटल मेसिन १ थान, मोबाइल ८ थान, मोटरसाइकल ४ थान र नगद ४ हजार ८ सय ८५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्