सोलुखुम्बु : थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबीबीएस पढाउने
स्वर्गद्वारी अपडेट प्यूठान, सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबीबीएस पढाउनुहुने भएको छ । उहाँले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउने निर्णय गर्नुभएको छ ।
पालिकाकाे चुनावमा थुलुङ दूधकोशीबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएपछि राईले यस्ताे निर्णय गर्नुभएको हो । उहाँले यही माघ १२ गते सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गर्नुभएको छ ।
अध्यक्ष राईले गाउँपालिका भित्रका इच्छुक विद्यार्थीले सम्बन्धित विषयको प्रवेश परीक्षा उत्तीर्ण गरी गाउँपालिकामा १५ दिनभित्र आवेदन दिन आग्रह गर्नुभएको छ ।








