समय : ०४:२८ am | बिहिबार , फागुन १३ गते २०८२

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

स्वर्गद्वारी अपडेट | माघ ११ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान, दाङमा मणिवाला सर्प भन्दै सुन र नगद ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका–३ का ३५ वर्षीय मोहमद सलमान रहेका प्रहरीले जनाएको छ । लमही नगरपालिका–९ जलकुम्भीबाट उनी पक्राउ परेका हुन् । राप्ती सोनारी गाउँपालिकाकी एक महिलालाई सलमानले मणिवाला सर्प हो भनी लोभलालच देखाइ एक तोला सुनको गरगहना र नगद ठगी गरेको दाङ प्रहरीले जनाएको छ । पीडितका आफन्तको सहयोगमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले सलमानलाई पक्राउ गरेको हो । उनीसँग आएका अरु दुई जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

यो पनि पढ्नुहोस्