समय : ०३:०२ am | बिहिबार , फागुन १३ गते २०८२

तुलसीपुर बजारमा निःशुल्क पानी पिउनका लागि धारा जडान

स्वर्गद्वारी अपडेट | माघ ७ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान पाटी, पौवा, धर्मशाला जस्ता परोपकारका काम हराउँदै गइरहेका बेला तुलसीपुर बजारको ओरालो नजिकै रहेको पिपलबोटमा निःशुल्क पानीको धारा जडान गरिएको छ ।  तुलसीपुर बजारमा आउने आम नागरिकलाई मध्यनजर गर्दै तुलसीपुर नगर जेसीजको पहलमा निःशुल्क पानीको धारा जडान गरिएको हो । २ लाख लागतमा निर्माण गरिएको धारासम्म पानी आपूर्तिका लागि पाइपलाइनको व्यवस्था तुलसीपुर खानेपानीले गरेको जेसीजका अध्यक्ष केशवराज केसीले जानकारी दिनुभयो ।   धारामा २४ सै घण्टा पानी उपलब्ध हुने भएपछि  तुलसीपुर बजारमा आउने आम नागरिकले अब पानी पिउनकै लागि पैसा खर्च गर्नुपर्ने छैन् । यसैबीच आजदेखि सञ्चालनमा आएको पानीको धाराको उद्घाटन तुलसीपुर उपमहानगरपालिका –५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह र तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीले संयुक्त रुपमा गर्नुभएको थियो ।।

यो पनि पढ्नुहोस्