समय : ०१:३७ am | बिहिबार , फागुन १३ गते २०८२

उपसभामुखका लागि आज मतदान हुँदै, प्रतिस्पर्धामा इन्दिरा र मुक्ताकुमारी

स्वर्गद्वारी अपडेट | माघ ७ गते २०७९

स्वर्गद्वारी अपडेट प्यूठान ।

माघ, काठमाडौं ।आज प्रतिनिधि सभा उपसभामुखको लागि मतदान हुँदैछ ।
प्रतिनिधि सभाको आज बस्ने बैठकबाछ उपसभामुख चयन गर्न लागिएको हो । बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।
यसै बैठकमा उपसभामुख निर्वाचित गरियोस् भनन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मग र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले शुक्रबार नै उपसभामुख पदमा मनोनयन दर्ता गराएका छन् । इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन छन् । मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने प्रतिस्पर्धा गरेको छ । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्‍यौपानेलाई उम्‍मेदवार बनाएको थियो । तर सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका देवराज घिमिरे सभामुख चयन भएका थिए ।

यो पनि पढ्नुहोस्