समय : ०१:३८ am | बिहिबार , फागुन १३ गते २०८२

धरानमा खुकुरी प्रहारबाट एक जनाको हत्या, एक जना घाइते

स्वर्गद्वारी अपडेट | माघ ६ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान, सुनसरीको धरान उपमहानगरपालिका–५ मा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ भने एक जना घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते हुनुभएकाे छ । स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीलाई हिजो बिहीवार खुकुरी प्रहार गरी हत्या गरेका प्रहरीले जनाएकाे छ । उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथीको हत्या गरेर निस्किएका हर्कबहादुरले मञ्जुको घरमा पसेर उहाँमाथि पनि खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते मञ्जुको धरानको विजयपुर अस्पतालमा उपचार भइरहेको छ । हत्याको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्