समय : ०९:४४ am | बुधबार , फागुन १३ गते २०८२

माओवादी उपनेतामा पुन र शर्माको दाबी

स्वर्गद्वारी अपडेट | पौष ७ गते २०७९

 
स्वर्गद्वारी अपडेट प्युठान । नेकपा माओवादी केन्द्रको उपनेतामा नेताहरु वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेका छन् । बिहीबार बस्ने संसदीय दलको बैठकले दलको उपनेता, प्रमुख सचेतक, सचेतक लगायत चयन गर्ने छ ।
एक सांसदका अनुसार दलको उपनेताका लागि पुन र शर्माले दाबी गरेका छन् । संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल बाहेक अरु कसैले दाबी नगरेको तर उपनेतामा दुई जनाले आकांक्षा गरेको ती सांसदले बताए ।
बैठक चार बजे सिंहदरबारमा बोलाइएको छ ।

यो पनि पढ्नुहोस्