समय : ०९:४९ am | बुधबार , फागुन १३ गते २०८२

आँगनमा आगो तापिरहेकी वृद्धाको जंगली हात्तीको आक्रमणबाट मृत्यु

स्वर्गद्वारी अपडेट | पौष ३ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान । जंगली हात्तीको आक्रमणबाट चितवनका एक वृद्धाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर २८ अन्द्रौली मेघौलीकी ७० वर्षीया भागिरथी सुवेदीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। शनिबार बेलुकी साढे ८ बजेतिर आँगनमा आगो तापिरहेकी सुवेदीलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।  

यो पनि पढ्नुहोस्