समय : ०८:२१ am | बुधबार , फागुन १३ गते २०८२

आगोमा जलेर सख्त घाइते महिलाको मृत्यु

स्वर्गद्वारी अपडेट | पौष २ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा जलेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर निवासी ५९ वर्षिय बसन्ती कुमाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो । कुमालको कोहलपुर मेडिकल क्लेजमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको इलाका प्रहरी बताएको छ । शुक्रबार बेलुकी ७ बजेतिर आगोले पोल्दा कुमालको कम्बरदेखि तल्तिरको अधिकांस भाग जलेको थियो । घाईते कुमालको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो ।

यो पनि पढ्नुहोस्