समय : ०६:५५ am | बुधबार , फागुन १३ गते २०८२

पत्रकार महासंघ प्युठानको १४ औँ साधारण सभा आगामी पौष ५ गते हुने

स्वर्गद्वारी अपडेट | मंसिर २८ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान,  नेपाल पत्रकार महासंघ जिल्ला साखा प्युठानको १४ औँ बार्षिक साधारण सभा आगामी पौष ५ गते विजुवारमा आयोजना हुने भएको छ । नेपाल पत्रकार महासंघ प्युठान साखा अध्यक्ष सन्जय रिजालको अध्यक्ष्यतामा शनिवार सम्पन्न महासंघको बैठकले यही पौष ५ गते महासंघको १४ औँ बार्षिक साधारण सभा कालिका विकास केन्द्र नेपालको सभाहल मा आयोजना गर्ने निर्णय भएको हो । महासंघको बैठकले पत्रकार महासंघको बिधान तथा केन्द्रिय समितिको परिपत्र अनुसार साधारण सभा अगावै सदस्यता नविकरण गर्नुपर्ने भएकोले पौष ४ गतेभित्र सम्पुर्ण सदस्य हरुलाई सदस्यता नविकरण गर्नुहुनको लागी आव्हान गरिएको महासंघ प्युठान साखा सचिब प्रकाश बैध्यले जानकारी दिनु भयो । नेपाल पत्रकार महासंघ जिल्ला साखा प्युठानले पत्रकारको हक, हितको संरक्षण संबर्धनका साथै बिभिन्न सामाजिक अभियानहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । जिल्लाका बिभिन्न साधारण सभाहरुलाई ब्यबस्थित बनाउन बिभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । आगामी पौष ८ र ९ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा केन्द्रिय साधारण सभा आयोजना हुँदै छ । केन्द्रिय साधारण सभा अगावै जिल्ला साधारण सभा सम्पन्न गरिसक्नुपर्ने महासंघ केन्द्रको परिपत्र अनुसार साधारण सभा राखिएको बताइएको छ ।

यो पनि पढ्नुहोस्