निर्वाचन आयोगले बिहीबार मङ्सिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने कार्यक्रम रहेको बताइएको छ। सोही दिन नै निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ।
त्यसअघि आयोगले अन्तिम नतिजा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको हो। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन गत मङ्सिर ४ गते सम्पन्न भएको थियो। मतदान सम्पन्न भएको करिब तीन सातापछि मात्रै समानुपातिक निर्वाचन प्रणालीको गणना सम्पन्न भई राजनीतिक दलले पाएको सिट बाँडफाँट सम्भव भयो।
सङ्घीय संसद्को प्रतिनिधि सभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। सात प्रदेशमा ३३० सदस्य प्रत्यक्ष र २२० समानुपातिक निर्वाचन प्रणालीबाट चयन भएका छन्।
आज प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक हुँदै








