समय : ०५:३१ am | बुधबार , फागुन १२ गते २०८२

काठमाण्डौमा स्रोतमै फोहर वर्गीकरण गर्ने काम रोकियो

स्वर्गद्वारी अपडेट | मंसिर २१ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान,  झण्डै पाँच महिनाअघि काठमाण्डौ महानगरपालिकाले सुरु गरेको स्रोतमै फोहर वर्गीकरण गर्ने कार्य तत्कालका लागि स्थगित भएको छ । गएको साउन १ गतेदेखि काठमाण्डौ महानगरपालिकाले ३२ वटै वडाबाट स्रोतमै फोहर वर्गीकरण गरेर मात्रै फोहोर उठाउन सुरु गरेको थियो । सुरुको एक दुई हप्ता योजना अनुसार काम भए पनि यसले निरन्तरता भने पाउन सकेन ।   महानगरका मेयर बालेन्द्र शाहको सचिवालय सदस्य सुनिल लम्सालले ठाउँ अभावका कारण यो कार्यले निरन्तरता पाउन नसकेको बताउनुभयो । खुला ठाउँको अभाव भएकाले केन्द्र सरकासँग एकै ठाउँमा कम्तीमा दुई सय रोपनी जग्गा उपलब्ध गराउन महानगरले माग गरेको छ । महानगरलाई कानुनीरुपमा आफ्नो क्षेत्रभन्दा बाहिर जग्गा अतिग्रहण गर्ने अधिकार छैन । त्यसैले केन्द्र सरकारलाई आग्रह गरिएको उहाँले बताउनुभयो । ठाउँ पहिचान भएसँगै महानगरले कुहिने फोहरको प्रयोग गरी मल बनाउने तयारी गरेको छ । हरेक दिन काठमाण्डौ उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा अन्तिम विसर्जन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी महानगरको पाँच सय मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट दुई सय गाडीले फोहर ओसार्छन् । काठमाण्डौ उपत्यकाको १८ पालिकाको फोहर दैनिकरूपमा बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।

यो पनि पढ्नुहोस्