समय : ०२:४६ am | बुधबार , फागुन १२ गते २०८२

आयोगको निर्देशनपछि सुनसरी-४ मा मतगणना सुरु हुँदै

स्वर्गद्वारी अपडेट | मंसिर १३ गते २०७९

स्वर्गद्वारी अपडेट प्युठान ।

- शनिवारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिए पछि सुनसरी-४ मा सर्वदलीय बैठक बस्दै छ । आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको छ। सुनसरी-४ मा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिनु भएको थियो । तर, आयोगले पुनःमतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको छ । अहिलेसम्म ६० हजार बढी मतगणना हुँदा कार्कीले ९८ मतले अग्रता गर्नु भएको छ । सुनसरी-४ मा कार्की र नेकपा एमालेका जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भएको छ ।  
 

यो पनि पढ्नुहोस्