समय : ०१:१७ am | बुधबार , फागुन १२ गते २०८२

अब माेबाइलमा सिम कार्ड नचाहिने, टेलिकमले ई-सिम वितरण गर्दै

स्वर्गद्वारी अपडेट | मंसिर १२ गते २०७९

स्वर्गद्वारी अपडेट प्यूठान । – नेपाल टेलिकमले  देशभरका सबै दूरसञ्चार कार्यालयबाट इम्बेडेड सिम अर्थात् ई–सिम वितरण थालेको हो ।यसअघि गएको भदौ ३१ गतेदेखि काठमाडौको सुन्धारामा रहेको  ग्राहक सेवा केन्द्रबाट टेलिकमले ई–सिम वितरण शुरु गरेको थियो । अब भने देशभरका दूरसञ्चार कार्यालयहरुबाट ई–सिम लिन सकिने टेलिकमले जनाएको छ । अहिले भौतिक सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकहरुले निःशुल्क रुपमा ई–सिम लिन सक्नेछन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई अहिलेको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो ।हाँले मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्ने र  क्यूआर कोडको सुविधा भएका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिने जानकारी दिनुभयो । आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन  गर्न *#06# डायल गर्नुपर्छ । ई-सिम राखेपछि अहिले राख्दै आएको सिमकार्डलाई मोबाइल फाेनमा राख्नुपर्नेछैन ।  
 

यो पनि पढ्नुहोस्