समय : ११:४३ pm | मङ्गलबार , फागुन १२ गते २०८२

४० दिनको कार्यावधी पुरा भइ  म्यादी प्रहरिको बिदाइ

स्वर्गद्वारी अपडेट | मंसिर ८ गते २०७९
 

सन्तोष सुनार प्युठान ।प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ सुरक्षा प्रयोजनार्थ असोज ३० गते नियुक्ति गरी भर्ना भएका म्यादी प्रहरीको आज बिदाइ गरेको छ ।

४० दिनको कार्यावधी पुरा भएको हुँदा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराई आज बिदाई गरिएको हो ।

बिदाइ कार्यक्रमका अबसरमा म्यादी प्रहरिको उत्तर उत्तर प्रगतिको कामना र सफल व्यवसायिक जीवनको कामना व्यक्त गरिवेको कार्यालय प्रमुख तथा जिल्ला प्रहरी कार्यालय प्यूठान ले जनाएको छ।

यो पनि पढ्नुहोस्