समय : १०:०६ pm | मङ्गलबार , फागुन १२ गते २०८२

प्युठानबाट प्रदेश सभामा तुल्सीराम शर्मा र रोज राणा विजयी

स्वर्गद्वारी अपडेट | मंसिर ८ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान , प्युठानबाट प्रदेश सभामा नेकपा एमालेका तुल्सीराम शर्मा र नेपाली कांग्रेसका रोज राणा विजयी भएका छन् । प्रदेश सभा १ मा शर्मा बिजयी हुँदा २ मा राणाले बाजी मारे । एमालेका तुल्सीरामले नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश)लाई २५८३ मत अन्तरले हराए । शर्माले २० हजार २१० मत पाउँदा अधिकारीले १७ हजार ६२७ मत पाए । प्रदेश सभा २ मा नेपाली कांग्रेसका राणा १ हजार ७१२ मत अन्तरले विजयी भए । उनले २२ हजार ५१८ मत पाउँदा नेकपा एमालेका हरि रिजालले २० हजार ८०७ मत पाए ।

यो पनि पढ्नुहोस्