डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल दोस्रो स्थानमा स्वर्गद्वारी अपडेट | मंसिर ५ गते २०७९ स्वर्गद्वारी अपडेट प्युठान, डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । १७ सय एक मतगणना हुँदा देउवाले ७ सय ८५ मत ल्याउनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोस्रो स्थानमा उक्लिनुभएको छ । ढकालले ३ सय ९१ मत ल्याउनुभएको छ । एमालेको समेत समर्थन रहेका नेपाली कांग्रेस वीपीका कर्ण मल्लले ३ सय ५३ मत ल्याउनुभएको छ । १ सय २२ मत बदर भएको छ ।