प्युठानमा राती ८ बजेदेखी मतगणना सुरु हुने
स्वर्गद्वारी अपडेट प्युठान, प्युठानमा आज राती ८ बजेपछी मात्र मत गणना हुने भएको छ । आइतबार भएको प्रदेस तथा प्रतीनिधी सभा सदस्य निर्वाचनको मता गणना कार्य आज बिहान ८ बजेपछी सर्बदलिरी बैठक बसी सुरु गरिने भनिए पनि मतगणना कार्य मा ढिलाई भएको थियो । नौबहिनी बराह माध्यमिक विद्यालय मतदान केन्द्र झिम्पको मतपेटिकाको सिल ताेडिएको भेटिएपछि मतगणना रोकिएको थियो। उम्मेदवारहरूले विरोध जनाएपछि सर्वदलीय बैठक बस्न ढिलाई भएकाले मत गणना सुरु हुन सकेको थिएन ।
त्यस्तै गौमुखी ३ ज्ञानोदय आधारभूत विद्यालय लामिबगरको समानुपातिकतर्फको मतपेटिकाको सिल पनि ताेडिएको पाइएको थियो।
सर्बदलिय बैठक बसेर फरक मत र मतपेटिकामा खसेका मत बदर हुने निर्णय गरिएको निर्वाचन आयोग प्युठानले जनाएको छ ।








