स्वर्गद्वारी अपडेट प्युठान , नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–२ मा सत्यवती मावि 'ख' मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
नेता पौडेल तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्छ । उहाँले चुनावले लोकतन्त्रलाई सुदृढ बनाउने बताउनुभएको छ ।