समय : ०५:४१ pm | मङ्गलबार , फागुन १२ गते २०८२

प्युठानमा २ सय २३ मतदान केन्द्र निर्धारण

स्वर्गद्वारी अपडेट | मंसिर १ गते २०७९
स्मृती घर्ती मगर प्युठान, मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य चुनावको लागि प्युठानमा २ सय २३ मतदान केन्द्र निर्धारण गरिएको छ। कुल  १ लाख ५९ हजार ७ सय ६० जना मतदाता संख्या रहेको प्युठान जिल्लामा क्षेत्र नं (क) र (ख) गरि दुईवटा निर्वाचन क्षेत्र रहेको छ। १ सय ६ मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र नं (क) मा ७४ हजार ६ सय ६३ मतदाता रहेका छन। भने १ सय १७ मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र (ख) मा ८५ हजार ९७ जना मतदाता रहेका छन। निर्वाचनका लागि २ सय २३ मतदान अधिकृत, २ सय २३ सहायक मतदान अधिकृत, १ हजार १ सय १५ कर्मचारी र २ सय २३ जना कार्यलय सहयोगी गरि १ हजार ७ सय ८४ जना कर्मचारी  खटाइएको निर्वाचन कार्यलय प्युठानले जनाएको छ। निर्वाचन सफल बनाउनको लागि जिल्लाभर १ हजार ३ सय ३४ जना म्यादी प्रहरि, ७ सय ३० जना नेपाल प्रहरि गरि जम्मा २ हजार ६४ जना सुरक्षाकर्मि खटाइएको छ।

यो पनि पढ्नुहोस्