समय : ०३:५९ pm | मङ्गलबार , फागुन १२ गते २०८२

देशभर चिसो बढ्यो : काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन

स्वर्गद्वारी अपडेट | कार्तिक २६ गते २०७९

स्वर्गद्वारी अपडेट, प्यूठान ।
 काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यसअगाडि गएको नोभेम्बर ३ तारिखमा काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो । अझै तापक्रम घट्ने सम्भावना छ । यसैबीच चिसो सुरु भएपछि उपत्यकासहित देशभरको न्यूनतम तापक्रम पनि बिस्तारै घट्न थालेको छ । जुम्लाको तापक्रम माइनस ५ डिग्री सेल्सियससम्म झरेको छ । जिरीको तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस,  जोमसोमको २ डिग्री, ताप्लेजुङको ९ डिग्री सेल्सियस र डडेल्धुराको ७ डिग्री सेल्सियसमा झरिसकेको छ। चिसो बढेसँगै आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । बाँकी ठाउँको मौसम सामान्यदेखि आंशिक बदली भएर देशको पहाडी क्षेत्रमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  
 

यो पनि पढ्नुहोस्