समय : १२:५८ pm | मङ्गलबार , फागुन १२ गते २०८२

रुपन्देहीमा कारको ठक्करबाट ३५ दिने शिशुसहित तीन जनाको ज्यान गयो

स्वर्गद्वारी अपडेट | कार्तिक १४ गते २०७९

स्वर्गद्वारी अपडेट प्यूठान ।
रुपन्देहीमा कारको ठक्करबाट ३५ दिनको एक शिशुसहित तीन जनाको ज्यान गएको छ । बिहान ५ बजेतिर छठ मनाउनका लागि छठीघाटतर्फ जाँदै गर्दा उनीहरुलाई कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवम् प्रवक्ता श्याम अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार ओमसतिया गाउँपालिका–४ पननीकी १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् । ठक्कर दिने कारको नम्बर खुलेको छैन । कारसहित चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्