समय : १२:५७ pm | मङ्गलबार , फागुन १२ गते २०८२

भारतले चिनी निर्यातको प्रतिबन्ध एक वर्ष लम्ब्यायो

स्वर्गद्वारी अपडेट | कार्तिक १३ गते २०७९

स्वर्गद्वारी अपडेट ,प्यूठान ।
 भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध एक वर्ष लम्ब्याएको छ । भारत सरकारले ३१ अक्टोबर २०२३ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै द इकोनोमिक्स टाइम्सले लेखेको छ । चिनी निर्यातमा रोक लगाउने निर्णयले नेपाल लगायतका मुलुकमा चिनी अभाव हुनेछ । भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको थियो । भारत विश्वको सबै भन्दा ठूलो चिनी उत्पादक मुलुक हो ।

यो पनि पढ्नुहोस्