समय : ०६:३३ pm | सोमबार , भाद्र १६ गते २०८२

नेपाल व्यावसायिक बाख्रापालक महासंघ प्युठानको तेस्रो साधरण सभा जुम्रीमा सम्पन्न ।

स्वर्गद्वारी अपडेट | कार्तिक ४ गते २०७९
 

सन्तोष सुनार ,प्यूठान नेपाल व्यावसायिक बाख्रापालक महासंघ प्युठानको तेस्रो साधरण सभा प्यूठान नगरपालिका ४ बिजय फुलबारीको सभाहल जुम्रीमा सम्मपन्न भएको छ । नेपाल  व्यावसायिक बाख्रापालक महासंघ प्युठानको अध्यक्ष राम बहादुर महतराको अध्यक्षतामा सुरु भएको कार्यक्रम को प्रमुख अतिथी नेपाल व्यावसायिक बाख्रापालक महासंंघ केन्द्रिय सचिब सन्तोष केसी रहनुभएको थियो भने , प्युठान नगरपालिका पशु सेवा साखा प्रमुख गिरिराज पौडेलको विशेष आथित्यतामा सम्पन्न कार्यक्रम नेपाल व्यावसायिक बाख्रापालक महासंघ प्युठानका सचिब पदम बहादुर केसी को सन्चालन मा भएको थियो।

कार्यक्रममा अध्यक्ष बाट प्रगती प्रतिबेदन आर्थिक गतिबिधी साथै आगमी बर्षका कार्यक्रम हरु प्रश्तुत गरिएको थियो। यश कार्यक्रमलाई पृथ्वी कृषि सन्सार बाग्दुला का सन्चालक बासुदेब थापा लगाएत ले मन्तब्य राख्दै सफलताको सुभकानमा ब्यक्त गर्नु भएको थियो। यश साधरण सभाले विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने विभिन्न व्यावसायी हरुलाइ सम्मानपत्र को साथमा नगत सहित सम्मान गरिएको थियो।

जसमा पशुआहार मा उत्कृष्ट कार्य गरेबापत महिला उद्धमी फलफुल जडिबुटी तथा डालेघास नर्सरी फर्म गौमुखी ६ लिवाङ प्युठान कि सन्चालक श्री मिठा कुमारी केसी ,बाख्रा पालन तर्फ उत्कृष्ट युबा कृषकका रुपमा जयमा दुर्गाश्री कृषि तथा पशुपन्क्षी फर्म गौमुखी ५ खुङका सन्चालक श्री रबिन्द्र मल्ल, जिल्लामा कृषकहरुको समस्या समाधानका लागि प्राबिधिक क्षेत्रमा योगदान पुर्याए बापत प्युठान न .पा ४ मा रहेको किसान एग्रोभेट सन्चालक श्री गिरिराज पौडेल र बाख्रापालन तर्फ उत्कृष्ट कृषको रुपमा ऐरावती गा पा ३ मा रहेको राम्रीथुम कृषि तथा पसुपालन फर्मका सन्चालक श्री प्रेम पुनलाई सम्मान गरिएको थियो।

यो पनि पढ्नुहोस्