सन्तोष सुनार ,प्युठान । भोली अर्थात कार्तिक १ गते मङ्गलवार नेपाल सरकाराले सार्वजािक विदा गरेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको असोज ३० गते आइतवार १०३ वर्षको उमेरमा निधन भएको थियो ।
जोशीको निधनको शोकमा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय गरिएको हुदा सरकारी कार्यलय, सार्वजनिक संघ सस्थाहरु, विदेशस्थित कुटनितिक नियोगहरु सबै बन्दा रहेका छन ।
विक्रम संवत् १९७७ सालमा पाटनको बखुम्बहालमा शंकरराज जोशी र राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा जन्मिएका जोशीले नेपाली भाषा, कला, संस्कृति, सम्पदाको संरक्षण, संवर्द्धन, विकास तथा विस्तारका लागि आफ्नो सिङ्गो जीवन खर्चनुभयो विक्रम संवत् २०१३ सालमा ‘हाम्रो लोक संस्कृति’ पुस्तकका लागि पहिलो पटक, ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि २०१७ सालमा दोस्रो पटक र २०२८ सालमा ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि उहाँलाई संयुक्त रुपमा मदन पुरस्कार प्रदान गरिएको थियो । यसरी तीन पटक मदन पुरस्कार पाउने पनि उहाँ पहिलो व्यक्ति हुनुहुन्छ ।