समय : ०८:५८ am | मङ्गलबार , फागुन १२ गते २०८२

मेरो उर्जा प्युठानको बिकासको लागि खर्चन्छु: राणा

स्वर्गद्वारी अपडेट | असाेज ३० गते २०७९
  स्वर्गद्वारी अपडेट, प्युठान   कांग्रेसका नेता रोज राणा प्युठान प्रदेश (ख) गठबन्धन तर्फका  प्रदेशसभा सदस्यका लागी  चुनावी मैदानमा उत्रिएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन  पाँच दलीय संयुत्त  गठबन्धन भएको प्युठानमा शनिवार होटल आयुस्मा मा एक कार्यक्रममा बोल्दै “राणाले मेरो उर्जा र बाकि समय प्युठानको बिकासको लागि खर्चन्छु ,हिजो कसले के गर्यो त्यता नजाउ आज  हामीले के गर्नु पर्छ त्यो हेरौ ” प्युठानको  बिकासको लागि हामीले खाका नै तयार पारेका छौ ।प्युठानको  धेरै स्थानीय तहहरु गठबन्धनले जितेका छौ ,उनले भने “प्युठान धेरै सम्भावना भएको ठाउ हो यहाँ प्रसस्त मात्र कृषि उत्पादन गरेर भए पनि हामि आत्मनिर्भर हुन्छौ, युवाहरु बैदेशिक रोजगारको गन्तव्य रोज्नु भन्दा अब प्युठानमै केहि गर्नु पर्छ भन्दै म आफ्नै गृह जिल्ला मा आएको हुँ उनले भने।
नेपाली कांग्रेस प्युठानको  प्रदेश (ख) का क्षेत्रीय सभापति समेत रहेको राणा  फिल्म अभिनेता  ,निर्माता, कलाकार, निर्देशक  र थुप्रै  चलचित्र निर्माण तथा अभिनय गरेका छन् ।मूल घर प्युठानमा भएका राणा कर्मथलो काठमाडौं बनाएका  थिए ।उनको उपस्थिले धेरै युवा मतदाताहरु खुसि देखिएका छन् ।    

यो पनि पढ्नुहोस्