समय : ०४:२२ pm | सोमबार , भाद्र १६ गते २०८२

पाँच वटा प्रदेशबाट मनसुन बाहिरियो

स्वर्गद्वारी अपडेट | असाेज २९ गते २०७९
स्वर्गद्वारी अपडेट ,प्यूठान । देशका पाँचवटा प्रदेशबाट यस वर्षकाे मनसुन पूर्णरुपमा बाहिरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । यस्तै, मधेस प्रदेशको पश्चिमी भू–भागबाट पनि मनसुन बाहिरिएको छ । प्रदेश-१ र मधेस प्रदेशको बाँकी भूभागबाट मनसुन बाहिरिन भने केही दिन लाग्ने महाशाखाले जनाएको छ । यस वर्षको मनसुन जुन ५ अर्थात गएको जेठ २२ गते देशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो । औसतमा अक्टोबर २ का दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा १३ दिन ढिला गरी बाहिरिएको छ । प्रदेश-१ र मधेस प्रदेशको केही भागमा भने अझै केही दिन ढिला हुने देखिन्छ । ती ठाउँमा मनसुन सक्रिय रहे पनि ठूलो पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्