समय : ०४:२१ pm | सोमबार , भाद्र १६ गते २०८२

प्राकृतिक प्रकोपको कारण पिडितहरुमा निरन्नतर सेवामा रेडक्रस

स्वर्गद्वारी अपडेट | असाेज २९ गते २०७९
स्वर्गद्वारी अपडेट
अविरल बर्षाको कारण उत्पन्न पहिरो तथा बाढी को कारण क्षती ग्रस्त घर परिवार तथा विस्थापित भई विद्यालय तथा अन्य सार्वजनिक स्थानहरुमा आश्रय लिई बसेका विस्थापित परिवारहरुको लागि नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखा मार्फत अखाद्य सामग्री वितरण को काम सञ्चालन भैरहेको छ । पहिरो को कारण जिल्लाको माण्डवी गाउँपालिका–२ धनचौरमा ठूलो क्षती भएको छ जसकाे कारण हाल सम्म ६ जनाकाे ज्यान गएकाे छ, त्यसैगरी जिल्लाका अन्य पालिकाहरु ऐरावती, सरुमारानी, प्यूठान न.पा. र झिमरुक गाउँपालिका मा पनि क्षती भएको छ । क्षती भएका घर परिवार तथा विस्थापित परिवारको लागि ने.रे.सो. प्यूठान जिल्ला शाखा मार्फत हाल सम्म २८ थान फुल सेट अखाद्य सामग्री, ७६ थान त्रिपाल , १२१ थान कम्बल र २० थान म्याटे«स वितरण गरिएको छ । जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सूरक्षा निकाय लगायत अन्य संघसंस्थाहरु संग समन्वय गर्दै राहत वितरण को कार्यमा नेपाल रेडक्रस सोसाइटी निरन्तर रुपमा लागि रहेको छ ।
यसै क्रममा   असोज २८ गतेका दिन दाङ तुल्सिपुर स्थायी ठेगाना भई हाल अमेरिका बसोबास गर्ने झरना थापा भण्डारीले आफ्नो स्वर्गीय बुवा सूर्य प्रकाश भण्डारीको स्मृतिमा पहिरो प्रभावित माण्डवी गाउँपालिका वडा नंं.२ का विस्थापित परिवारको लागि चामल १५० के.जि., दाल ११ के.जी., नुन ११ पोका, तेल ११ लि., बेसार ११ पोका, मिक्स मसला ११ पोका लगायतको सामग्री नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको सहजिकरणमा शाखा सभापति र मन्त्री ज्यू मार्फत प्रभावित व्यक्तिहरुको लागि वितरण गरिएको छ ।

यो पनि पढ्नुहोस्