समय : ०५:१३ am | आइतबार , भाद्र २२ गते २०८१

जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न ,सत्य मा.वि. प्रथम

सन्तोष सुनार | असार २६ गते २०८१

प्यूठान, बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.प्यूठानको आयोजनमा जिल्लाका माध्यमिक तहको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता आज बुधबार सम्पन्न भएको छ ।

संस्थाको सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत संस्थाको सभाहल जुम्रीमा हाजिरी जवाफ प्रतियोगिता भएको हो ।
१० बिद्यालय सहभागि प्रतियोगितामा सत्य मा.वि. झिमरुक गाउँपालिका–७ तुषाराले प्रथम स्थान हासिल गरेको छ ।। त्यसै गरी भानुभक्त मा.वि. मल्लरानी –३ बर्बोट द्धितिय,जनता मा.वि.प्यूठान नगरपालिका–८ बाग्दुला तृतिय र क्षेत्रविकास मा.वि. प्यूठाननगरपालिका –७ पुन्यखोलाले सान्त्वना स्थान हासिल गरेको छन । संस्थाका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय प्यूठानका प्रमुख दुर्गा बहादुर खड्का,जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोखरेल,जिल्ला बचत संघ प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेत, संस्थाका पूर्व अध्यक्ष लोक बहादुर बस्नेत, सल्लाहकार गुमान राज पुलामी,सहभागि बिद्यालयका शिक्षक तथा शिक्षिकाहरु लगायतका अतिथिहरुको सहभागिता रहेको थियो

अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुले ध्यान दिनु पर्ने भन्दै शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्काले हाजिरीजवाफ जस्ता यस्ता प्रतियोगिताहरुले बिद्यार्थीहरुको क्षमता विकासमा सहयोग पुग्ने बताए ।
संस्थाले हरेक वर्ष न्यूनतम दुईवटा सामाजिक कार्यक्रम गर्ने गरेको जस अनुसार विद्यार्थीहरुमा अतिरिक्त ज्ञानको विकास गराउन तथा सहकारी सम्वन्धी ज्ञान अभिवृद्धि गर्न हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको संस्थाका व्यवस्थापक प्रकाश बैद्यले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ७३३३,द्धितियलाई ६०००,तृतियलाई ४६६६ र सान्त्वनालाई २६६६ नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो। कार्यक्रममा संस्थाकी उपाध्यक्ष राधा पुलामीले स्वागत तथा सञ्चालन सञ्चालक प्रभात श्रेष्ठले गरेका जिए भने सञ्चालक खिम बहादुर जि.सि.ले कार्यक्रमको उद्धेश्य तथा प्रतियोगिताको नियम बारे प्रकाश पारेका थिए ।

जिल्लाका ७ स्थानीय तहमा कार्यक्षेत्र रहेको विजय फूलबारी बचत तथा ऋण सहकारी संस्थामा ५ हजार ७ सय सदस्य तथा २७ करोड कुल पुँजी रहेको संस्थाले जनाएको छ । संस्थाले सदस्य सेवाका साथै हरेक वर्ष विभिन्न सामाजिक क्रियाकलापका कार्यक्रमहरु गर्दै आएको छ । सदस्यलाई आय आर्जन व्यवसाय गर्न ऋण लगानी ,सुत्केरी सदस्य भेटघाट,सदस्य मृत्यू राहत कोष,घाट खर्च कोष ,अस्पतालमा औषधि उपचार सहुलियत,जीबन बीमा,सदस्य कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम,आकस्मिक ऋण,औषधि उपचार ऋण जस्ता सेवा संस्थाले पूर्याएका महत्वपूर्ण सेवाहरु हुन् । संस्थाले दुई पटक राष्ट्रिय स्तरको प्रोवेसन ब्राण्ड समेत प्राप्त गरीसकेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्