समय : ०५:१८ am | आइतबार , भाद्र २२ गते २०८१

स्वर्गद्वारीमा प्रथम नगर स्तरीय किशोरकिशोरी सम्मेलन सम्पन्न

सन्तोष सुनार | असार २२ गते २०८१

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगपालिकामा प्रथम नगर स्तरीय किशोरकिशोरी सम्मेलन सम्पन्न भएको छ ।

शनिवार “किशोरकिशोरी मैत्री स्थानीय सरकार , सुनिश्चत भबिष्यको शुरुवात” मुल नाराको साथ स्वर्गद्वारी नगरपालिका , स्वर्गद्वारी महिला युवा क्लव तथा प्रगतिशिल युवा क्लवको आयोजनामा र युएसआइडी किशोरकिशोरी प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत केयर नेपाल, एचडीआई, जपाईगो, आयोन नेपाल, सिआरएस कम्पनी र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको समन्वय तथा सहकार्यमा जलुके धर्माशालामा सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अथिति रहनु भएका स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेक प्रसाद भण्डारीले किशोरकिशोरी तथा बालबालिका देशको कर्णधार भएको बताउदै असल समाज निर्माण तथा नागरीक बनाउन लाग्नु पर्ने बताउनुभयो । किशोरकिशोरी पनि जोस जागरका साथ सकरात्मक मार्गतिर लाग्दै रचनात्मक, क्षमतात्मक विकासँगै आफ्नो भविष्य निर्माणमा जोडदिनु पर्ने बताउनु भएको थियो । स्वर्गद्वारी नगरपालिकाभित्रका किशोरकिशोरीलाई स्वरोजगारमा जोड गर्न सिपमुलक तालिमहरु दिएको र अझै दिने समेत नगर प्रमुख भण्डारीले बताउनुभयो ।यस नगपालिका भित्र छोरी तथा चेलीको जन्म भएपछि नगरपालिकाबाट छोरी बचत रकमको सुविधा समेत गरीएको जानकारी गराउदै भविष्यमा लिने शिक्षा हासीलमा सहयोग होस भनेर गरिएको नगर प्रमुख भण्डारीले बताउनु भएको थियो ।

त्यस्तै स्वर्गद्वारी नगरपालिकाको स्वास्थ्य शाखा , शिक्षा शाखा र महिला तथा बालबालिका जेष्ठ नागरीक शाखाबाट पनि किशोरीलाई स्वास्थ्य सम्बन्धि चाहिने सामाग्रीहरु , किशोरकिशोरीलाई परिवारनियोजनका साधनहरु उपलब्ध गराएको शिक्षामा विशेष जोड दिएको र किशोरकिशोरीले पनि शिक्षामा मिहेनत र चासोको साथ लाग्नुपर्ने बताउदै बाल विवाह, जातिय छुवाछुतको विरुद्ध अभियान , लैङ्गिक हिंसाको सम्बन्धि सचेतना कार्यक्रहरु गरिएको तथा यसलाई न्युनिकरण गर्नलाई चुष्तदुष्त तरिकाले लागेको शाखाहरुको प्रमुख तथा प्रतिनिधिले बताएका थिए । त्यस्तै प्रत्येक वडाहरुमा पनि किशोरकिशोरीले उठाएका समस्या तथा सवालमा जिम्मेवार भएर लाग्ने वडा अध्यक्षहरुले प्रतिबद्धता व्यक्त गरेका थिए ।
१३ बुँदे घोषणा–पत्र जारी

किशोरकिशोरी सम्मेलनले १३ बुँदे घोषणा–पत्र जारी गरेको छ । पाँच वर्षभित्र बालविवाह मुक्त नगरपालिका घोषणा गर्ने, किशोरकिशोरी मैत्री निती, युवा निती कार्यान्वयन गर्ने लगायतका विभिन्न विषयहरु समेटिएको घोषणा–पत्रमा नगरपालिकाका जनप्रतिनिधिले प्रतिबद्धताका लागि हस्ताक्षर समेत गर्नुभएको छ ।

स्वर्गद्वारी नगरपालिका महिला सञ्जालको अध्यक्ष निशा घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाको प्रमुख टेक प्रसाद भण्डारी , वडा अध्यक्षहरु , विभिन्न शाखाको प्रमुख तथा प्रतिनिधी , सुरक्षाकमीहरु ,रेडियो स्वर्गभुमीका स्टेशन म्यानेजर सिपी पौडेल , युएसआइडीका कर्मचारीहरु , स्वर्गद्वारी नगरपालिकाको अपाङ्ग संघका प्रतिनिधि, विभिन्न सञ्जालका किशोरकिशोरी , बालबालिका , लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन युएसआईडीका युथलिष्ठ तथा सञ्चारकर्मी सन्तोष सुनारले गर्नुभएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्