समय : ०२:५० am | सोमबार , कार्तिक ११ गते २०८१

डेंगु लगायतका किटजन्य रोग नियन्त्रण सम्वन्धी सरोकारवाला संग अन्तरक्रिया

स्वर्गद्वारी अपडेट | असार २१ गते २०८१

प्रकाश वैद्य ,प्यूठान÷डेंगु स्क्रवटाइफस लगायतका किटजन्य रोगहरुको नियन्त्रणका लागि सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा आज शुक्रवार स्वास्थ्यकार्यालयको सभा हल विजुवारमा लामखुट्टे तथा विभिन्न किराहरुको टोकाईवाट हुने किटजन्य रोगहरुको नियन्त्रणका लागि सरोकारवालाहरुले खेल्नु पर्ने भुमिकाका बारे अन्तरक्रिया गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका निमित्त प्रमुख मधुसुदन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अस्पताल प्यूठानका कन्सल्टेन्ट फिजिसिएन डा.गोविन्द रावतले डेंगु,स्क्रवटाइफस जस्ता किटजन्य रोग लाग्ने कारणहरु,यी रोगका भाइरसका प्रजातीहरु ,रोगलाग्दा देखिने लक्षणहरु तथा रोग लाग्न नदिन अपनाउनुपर्ने सावधानीका वारे सहजिकरण गरेका थिए । विशेष गरी एडिस जातको लामखुट्टेको टोकाइवाट डेंगु लाग्ने,जुनसुकै उमेर समुहका मानिसहरुमा लाग्न सक्ने तथा डेंगुकोविभिन्न चार प्रजातीका भाइरसहरु रहने र पछिल्लो समय नेपालमा देखापरेको रोगका साथै सवै प्रदेश एवं स्थानीय रुपमा फैलिएको .डा. रावतले बताए ।
डेंगु रोग लाग्दा एक्कासी ज्वरो आउने,अत्याधिक टाउको दुख्ने,आँखाको गेँडी दुख्ने,शरीरमा डावर आउने ,जोर्नी तथा मांशपेशी दुख्ने ,पेट तथा आन्द्रामा गडवडी हुने जस्ता लक्षण देखिनुका साथै उक्त लक्षण कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेको धेरैजसो ४ देखि ७ दिन भित्रमा लक्षण देखिने समेत डा.रावतले प्रष्ट्याए । डेंगु रोगको खास उपचार नभएकाले रोगको लक्षणको आधारमा चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचार तथा सल्लाह प्रदान गर्ने भन्दै उनले जथाभावी कुनै पनि औषधी सेवन गर्न नहुने तर्फ सचेत गराए ।

पछिल्लो समय अव्यवस्थित शहरिकरण ,जीवनशैलीमा परिवर्तन ,यातायातको तीव्र विकास,मालसामान ,जनावर ओसारप्रसार ,लामखुट्टेको नियन्त्रणमा प्रयाप्त प्रयासको कमी जस्ता कारणले पनि डेंगुरोग फैलदै गएको देखिन्छ ।डेंगु रोग लाग्दा रोगका लक्षण देखिई समयमा उपचार तथा चिकित्सकको सल्लाह अपुग भयो भने मानिसको ज्यान समेत जान सक्ने हुँदा नियन्त्रणका लागि आम जनमानसले सतर्कता अपनाउनु पर्दछ जसका लागि घर संघ संस्था कार्यालय वरीपरी पानीजम्ने ससाना खाल्डाखुल्डी पुरीदिने,पुराना टायरहरुमा पानीजम्न नदिने यदी जमेको छ भने डिजल राखीदिनेवा सफा गर्ने ,घर ,कार्यालय ,विद्यालय वरपरको वातावरण सफा राख्ने,झाडीहरु सफा गर्ने,प्लाष्टिकजन्य फोहरमैला पूर्णरुपमा विसर्जन गर्ने,घर भित्र फ्रिज ,कुलर तथा पुजा कोठाको पानी हप्ताको तीन पटक सफा गर्ने,फूलदानीमा जमेको पानी बेला बेला सफा गर्ने ,स्थानीय स्तरमा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सञ्चालन जस्ता कार्यहरु गर्न आम जनमानसमा सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न समेत डा.रावतले सरोकारवाला सवैमा आग्रह गरे।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका किटजन्य रोग फोकलपर्सन पर्शुराम पोख्रेलले कार्यक्रमको उद्देश्य तथा आर्थिक वर्ष ०८०,०८१ कोजिल्लाको पालिकागतडेंगु संक्रमणकोअवस्थाका वारे प्रकाश पारेका थिए । जसमा ०८०,०८१ मा जिल्लामा जम्मा १ सय ४६ जना संक्रमित देखिएकोमा जस मध्येसवै भन्दा बढी माण्डवी गाउँपालिकामा ५१ जना ,प्यूठान नगरपालिकामा ३६ जनामा देखिएको जानकारी गराइएको थियो ।

प्यूठान नगरपालिकाका उप–प्रमुख देवेन्द्र बर्माको विशेष आतिथ्यता रहेको कार्यक्रममा नगर क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु ,स्वास्थ्यकर्मीहरु,प्रयोगशालाकर्मीहरु,सुरक्षा निकायका प्रतिनिधि ,जनप्रतिनिधि ,जिल्ला अस्पताल प्यूठानका चिकित्सक लगायतका सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालयका कोल्ड चेन निरिक्षक कोषल राज बैद्यले गरेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्