समय : ०५:३९ am | आइतबार , भाद्र २२ गते २०८१

प्यूठान नगरक्षेत्रमा बजार अनुगमन

राधिका भुषाल | असार १३ गते २०८१

प्यूठान । प्यूठान नगरपालिकाले नगरक्षेत्र भित्रका केही पसलहरु बिहिबार अनुगमन गरेको छ । प्यूठान नगरपालिका वडा नं. १ चेरनेटा क्वाडी र २ दाखाक्वाडीमा रहेका पसलहरुको अनुगमन गरेको हो ।
किराना तथा खाद्यन्न, हार्यवयर, होटलहरु, तरकारी फलफुल, कस्मेटिक, कपडा पसल लगायतका १६ वटा पसलहरु अनुगमन गरिएको थियो । कतिपय पसलहरुमा म्याद नाघेका अखाद्यवस्तु तथा अन्य सामग्री भेटिएको हुंदा ति वस्तुलाई नगरपालिकाले जफत गरी नष्ट गरेको छ । अनुगमनका क्रममा दर्ता नगरी सञ्चालनमा आएका पसलहरुलाई दर्ता गरेर मात्र सञ्चालन गर्नु पर्ने सुझाव दिदै नविकरण नभएका पसलहरुलाई यही असार भित्र नविकरण गर्नु पर्ने सुझाव समेत दिइएको थियो । अनुगमन टोलीले म्याद सकिएका सामग्रीहरुलाई तुरुन्तै व्यवस्थापन गर्नु पर्ने र अर्कोपटक त्यस्ता बस्तुहरु भेटिएमा कारबाही गरिने चेतवानी समेत दिएको छ ।

प्यूठान नगरपालिका नगर उप–प्रमुख देवेन्द्र वर्माको संयोजकत्वमा वडा अध्यक्ष, नगरपालिकाका कर्मचारी, नेपाल प्रहरी, प्यूठान उद्योग वाणिज्य संघ प्रतिनिधि, नेपाल पत्रकार महासंघ प्रतिनिधि लगायतको सहभागीतामा अनुगमन भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्