समय : १०:०२ am | शनिबार , श्रावण १२ गते २०८१

भालुवाङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो

स्वर्गद्वारी अपडेट | पौष २८ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स । दाङको भालुवाङ मध्य रातमा भएको बस दुर्घटनामा मृतकको संख्या १२ पुगेको छ ।

शुक्रबार राति भएको बस दुर्घटनामा पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिनुभयो । मृतकहरुको पहिचान हुन सकेको छैन । शवलाई लमही स्थित अस्पतालमा पठाईएको छ । दुर्घटनामा परि घाइते २३ जनालाई उपचारकालागि बुटवल र नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राति करिब साढे १० बजेको समयमा दाङ–देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा खस्दा १२ जनाको मुत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवल सिंहले जानकारी दिनुभएको छ । घटना स्थलबाट जेसिवीको सहायताले ७ जनाको शव निकालिएको प्रहरीले बताएको छ। त्यो सहित ५ पहिलेनै निकालिएको प्रहरीले जानकारी दिएको छ ।

अहिले २३ जना घाइतेहरुको भालुवाङ प्रस्तावित अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो । बसमा करिब ३०-३५ जना यात्रु सवार रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको जानकारी दिएको छ । दुर्घटना भएको थाहा पाए लगत्तै नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीय भालुवाङका नागरिकहरू उद्धारमा जुटेका थिए । बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page