समय : ०८:४५ am | शुक्रबार , कार्तिक २ गते २०८१

तिहारको अन्तिम दिन आज भाइटीका

स्वर्गद्वारी अपडेट | कार्तिक २९ गते २०८०

प्युठान।आज यमपञ्चक अर्थात तिहारको पाँचौँ दिन। नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ ।प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

साथै आजको दिनमा दिदी बहिनीले सप्तरंगी टिका लगाइदिने साथै दिदी बहिनीले दाजुभाई लाई कटुस, ओखर नरिवल मिस्ठान्न परिकार र सेलरोटी दिने प्रचलन रहेको छ ।

त्यस्तै आजको दिनमा दिदी बहिनीले दाजुभाई लाई पुजा गरिसकेपछी दाजुभाईले पनि दिदी बहिनीलाई टिकाका साथमा आफ्नो गच्छ अनुसारको दक्षीण र उपहार दिने चलन रहिआएको छ ।

यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बुधबार मध्याह्न १० :५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्