समय : १२:१५ pm | शनिबार , श्रावण १२ गते २०८१

आत्महत्या रोकथाम अन्तरक्रिया कार्यक्रम सम्पन्न

सन्तोष सुनार | असाेज २३ गते २०८०


असोज २३ गते मङ्गलवार

प्युठान । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आत्महत्या रोकथाम अन्तरक्रिया कार्यक्रम स्वास्थ्य कार्यलयमा गरिएको छ । मङ्गलबार जिल्ला स्वास्थ्य कार्यलय प्युठानको आयोजना र मल्लरानी ग्रामिण विकास सरकार केन्द्र प्युठानको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय प्युठानका बरिष्ठ स्वास्थ्य प्रमुख हेमराज पाण्डेले मानिसको मानसिक तनावले तथा केही कारणले आत्महत्या गर्ने बताउदै रोकथाम गर्ने ,आत्महत्या गर्नेहरुको पहिचाहन गर्ने खालका बारेमा प्रिजिटेसन मार्फत जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अथिति रहनु भएका जिल्ला समयन्व समितिका प्रमुख धरम बहादुर जिसीले आत्महत्या सम्बन्धि रोकथामका लागी जिल्लामा कुनै दिवसका अवसरमा मात्र नगरी तथा एउटा पालिकामा गरेर रोक्न नसकिने बताउदै जिल्लामा रहेका नौं वटै पालिका , प्रत्येक वडा , गाउँगाउ र बस्तीका टोलटोलमा जनचेतना फैलाउने तथा अभियान गर्दा कम हुने बताउनु भएको थियो ।

यदि कसैले आत्माहत्या गदर्छ भने उसलाई समाजमा सम्मान तथा शव हेर्न भिड लाग्ने नगर्ने र अपमानित व्यवहार गरेर जनसमुदायमा डर घृणीत व्यवहारीत हुनुपर्छ भन्ने हुदा पनि कम गर्न सकिने जिसीले भनाई राख्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा प्युठानका नगरपालिकाका उप्रमुख देवेन्द्र वर्माले आत्महत्या भौगलीक , आर्थीक , सामाजिक त छदै छ तर हाम्रो समाजमा देखासीखीले पनि बढि गरेको बताउनु भएको थियो । प्युठान नगरपालिकाले प्युठान नगरपालिकाका दश वटै वडामा सहकारी , सामाजिक अभियान्ता , सरकारका निकाय र सञ्चार माध्यम हुदै न्युनिकरण गर्न लाग्ने र जिल्लामा रहेका सम्पुर्ण संघ संस्थाले पनि सहयोग गर्न आग्रह गर्नु भएको थियो ।यस विषयमा अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्न बजेट पनि छुट्याउने धारण राख्नु भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यल प्युठानका प्रहरी नायव उपरीक्षक इश्वर बहादुर थापाले प्युठान जिल्लामा आत्महत्या लगाएत विभिन्न घटनाहरु हुनबाट रोक्नको लागी प्रहरीलाई विभिन्न सचेतना तालिहरु तथा अन्तिरक्रिया कार्यक्रमहरु गरिरहेको बताउदै जिल्लाका विभिन्न ठाउँहरुमा आफु स्वयम पुगेको समेत बताउनु भएको थियो । ठाउँहरुमा घटनाहरु हुने प्रयास भएका देखेमा नजिकको इलका प्रहरी कार्यलय तथा जिल्ला प्रहरी कार्यलयमा जानकारी गराई सहयोग गर्न आग्रह समेत गर्नु भएको थियो । प्युठानमा २०७७ साल यता आत्महत्या गर्नेको संख्या २५० जना रहेको छ । जसमा प्युठान नगरपालिकामा ६५ जना , सरुमारानी गाउँपालिकामा १८ जना , स्वर्गद्वारी नगरपालिकामा २७ जना , नौबहिनी गाउँपालिकामा २६ जना , माण्डवी गाउँपालिकमा १८ जना , मल्लरानी गाउँपालिकमा १६ जना , झिमरुक गाउपालिकामा ३० जना , गौमुखी गाउपालिकामा २७ जना र ऐरावति गाउँपालिकामा २३ जना रहेका छन । सबै भन्दा बढि आत्महत्या गर्ने संख्या प्युठान नगरपालिकामा पैसठ्ठी जना रहेका छन । यस वर्षको विश्व मानसिक स्वास्थ्य दिवसको नारा “मानसिक स्वास्थ्य ः सबैको अधिकार” तय गरिएको छ ।

जिल्ला समन्वय समिति उपप्रमुख दुर्गा रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा इकाईका प्रमुख शिव पण्डित , पत्रकार महासंघका प्युठानका अध्यक्ष सञ्जय रिजाल , केन्द्रिय सदस्य सुशिल पोख्रेल , पुर्व अध्यक्ष गीरुप्रसाद भण्डारी , सचिव प्रकाश बैद्य, कोषादक्ष्य प्रज्वल पहाडी तथा विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी , स्वास्थ्यकर्मी लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यलयमा कार्यरत राजु खड्काले गर्नु भएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page