समय : ०६:५८ pm | सोमबार , भाद्र १६ गते २०८२

गोली हानेर पाँच जनाको हत्या

स्वर्गद्वारी अपडेट | वैशाख १७ गते २०८०
स्वर्गद्वारी अपडेट समचार डेक्स।अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले जथाभाबी गोली चलाउँदा आठ वर्षीय बालकसहित पाँच जनाको ज्यान गएको छ । दुई जना महिलाको शवमुनिबाट दुई जना बालबालिकालाई भने सकुशल निकालिएको जनाइएको छ । मारिने सबै होन्डुरसका नागरिक रहेका छन् ।स्थानीय प्रहरी अधिकारीले संदिग्ध व्यक्ति मेक्सिकोका नागरिक भएको र उनीसँग अर्ध–स्वचालित राइफल रहेको बताएको छ । गोली हान्ने व्यक्ति अझै फरार रहेको प्रहरीले बताएको छ । केही दिनअघि टेक्सासमै एक भोजका क्रममा पनि गोली चल्दा नौ जनाको ज्यान गएको थियो ।

यो पनि पढ्नुहोस्