समय : ०७:३८ am | शुक्रबार , फागुन १५ गते २०८२

१ सय २० केजी गाजाँसहित भारतीय गाडी कब्जामा, चालक फरार

स्वर्गद्वारी अपडेट | वैशाख १३ गते २०८०
स्वर्गद्वारी अपडे समचार डेक्स ।   मोरङको विराटनगर महानगरपालिका १ काे नाेबेल डेरी चोक इलाकाबाट सशस्त्र प्रहरीले झन्डै एक सय २० केजी गाँजासहित भारतीय गाडी कब्जामा  लिएको छ ।आज बुधवार सुनसरीकाे इटहरीबाट विराटनगर जाँदै गरेको बी.आर ११ भी ७६४५ नम्बरको भारतीय गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङले गाँजासहित नियन्त्रणमा लिएको हो । गाडी रोक्ने क्रममा चालक भने फरार भएका छन् ।नियन्त्रणमा लिइएको गाँजा र गाडी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।
 
 

यो पनि पढ्नुहोस्