समय : ०७:३८ am | शुक्रबार , फागुन १५ गते २०८२

नेपाली सेनामा ४ हजार ५ सय दरबन्दीमा भर्ना आह्वान

स्वर्गद्वारी अपडेट | वैशाख ८ गते २०८०
स्वर्गद्वारी अपडेट समचार डेक्स ।  नेपाली सेनामा चार हजार ५ सय जनाका लागि भर्ना खुलेको छ ।आज सूचना निकालेर नेपाली सेनाले चार हजार ५ सय जना सैन्य पदका लागि दरखास्त आह्वान गरेको हो । जसमा खुलातर्फ २ हजार ३ सय ५१ जना माग गरिएको छ ।यस्तै, नेपाली सेनामा कर्तव्य पालनाका क्रममा असक्त भएका वा ज्यान गुमाएकाका सैन्य परिवारलाई २ सय २५, महिला ३ सय ९०, आदिवासी जनजाति ६ सय १७, मधेशी ५ सय ४०, दलित २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको सङ्ख्या छुट्याइएको छ ।अनलाइनमार्फत् फारम भर्न सक्ने छनोट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ ।

यो पनि पढ्नुहोस्