समय : ०६:२२ am | शुक्रबार , फागुन १५ गते २०८२

प्रहरीद्वारा जङ्गलमा लुकाएर राखेको तीन थान भरुवा बन्दुक बरामद

स्वर्गद्वारी अपडेट | वैशाख ७ गते २०८०

स्वर्गद्वारी अपडेट समचार डेक्स। रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ मा रहेको घोरखानीबाट तीन थान भरुवा बन्दुक । जङ्गलको ओडारमा लुकाएर राखेको बन्दुक प्रहरीले बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठका अनुसार एक नाल र दुई वटा खाली भरुवा बन्दुक भेटिएको हो । भरुवा बन्दुक सिकार खेल्नको लागि ओडारमा राखेको हुन सक्ने आशङ्का गरिएको छ ।यसअघि गएको फागुन १४ गते पनि जङ्गलमा चार नाल भरुवा बन्दुक भेटिएको थियो ।

यो पनि पढ्नुहोस्