समय : ०३:४३ pm | सोमबार , भाद्र १६ गते २०८२

श्रमिक समुदाय एकिकृत जनक्रान्तिको पुञ्ज हो । नेता सञ्जिव सी

स्वर्गद्वारी अपडेट | वैशाख १ गते २०८०
राजेन्द्र रावत क्षेत्री । नेपाल कम्यूनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य तथा पस्चिम लुम्विनी व्यूरो इन्चार्ज क. सञ्जिव सी ले एकिकृत जनक्रान्तिमा श्रमिक समुदाय क्रान्ति पुञ्ज भएको बताएका छन् । विहिवार दिउँसो पार्टी केन्द्रीय सम्पर्क कार्यालय शिवगढी कपिलवस्तुमा सम्पन्न श्रमिक समुदाय मोर्चा नेपाल पस्चिम लुम्विनी व्यूरोको प्रथम बैठकमा प्रशिक्षण दिदै यस्तो विचार व्यक्त गरेका हुन् । नेता सञ्जिव सी ले श्रमिक समुदाय नै इतिहाँसको रक्षाकवच भए पनि सामन्तवादले बल पुर्वक श्रमिक समुदायको अधिकार छिनेर समाजको पिँधमा पुर्याएको बताए । सामन्तवाद र दलाल पँुजिवादको जालो तोड्दै श्रमिक समुदाय एक पटक फेरी सम्झौताहिन संघर्षमा होमिनु पर्ने अपरिहार्य आवश्यकता रहेको वताए । उनले श्रमिक समुदायको भुमिकामाथी थप प्रकाश पार्दै भने–“ खासमा श्रमिक समुदाय विश्व इतिहाँस र नेपाली समाजको सौन्दर्यशास्त्री तथा रंगिन सिल्पकार हो जसले नेपाली समाजलाई विविध रङहरु भरेर सुन्दर बनाउने गरेका छन् ।” वैठकले लघुवित्तको ज्यादती र मिटर ब्याजेहरुको अवैध धन्दाको विरुद्ध प्रभावकारी संघर्ष गर्ने लगाएतका महत्वपुर्ण निर्णय गरेको श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य तथा पस्चिम लुम्विनी व्यूरो संयोजक परिवर्तन सी ले जानकारी दिएका छन् । वैठक व्यूरो संयोजक परिवर्तन सी को अध्यक्षतामा सम्पन्न भएको छ ।    

यो पनि पढ्नुहोस्