
पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरोकारवालाको ध्यानाकर्षण गराउन ,स्थानीय खानाका परिकार र मल्लरानीको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको प्युठान उद्योग वाणिज्य सङ्घ मल्लरानी बजार क्षेत्रले महोत्सव आयोजना गरेको अध्यक्ष वासुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा मगर, गुरुङ, क्षेत्री, नेवार समुदायका खानाका परिकार प्रर्बद्धन गरिएको छ ।
समुन्द्र सतहबाट एक हजार छ सय ५५ मिटर उचाइमा रहेको मल्लरानीमा विभिन्न संरचना निर्माण तथा मल्लारानि सम्म पुग्ने सडक कालोपत्रे गरिएको छ । खाना महोत्सव वैशाख ३० गतेदखि २ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।








