समय : ०२:३० am | शुक्रबार , फागुन १४ गते २०८२

सहकारी दिवसको अवसरमा फलफुल वितरण तथा रक्तदान

स्वर्गद्वारी अपडेट | चैत्र २० गते २०७९
सन्तोष सुनार प्युठान । ६६ औँ सहकारी दिवसमा जिल्ला सहकारी प्युठानले एक कार्यक्रमका विच फलफुल वितरण तथा रक्तदान गरेको छ । सोमवार जिल्ला अस्पताल विजुवार अस्पतालमा रहेका २७ विरामीलाई फलफुल वितरण गरेको हो ।   दिवसको अवसरमा माण्डवी गाउपालिका ३ चकचकेका रण बहादर साही , प्युठान नगरपालिका २ दाखाक्वाडीका सन्तोष सुनार र प्युठान नगरपालिका २ रेशम विष्टले रक्तदान गर्नु भएको हो । कार्यक्रममा प्युठान नगरपालिका निवर्तामन नगर प्रमुख अर्जुन कक्षापतीले सहकारी दिवसको सुभकामना बोल्दै विरामीलाई फलफुल तथा रक्तदान गरेकोमा सहकारीलाई धन्यावाद दिदै जिल्लामा रहेका सहकारीलाई छाता सङ्गठन भई एउटै ढोकाबाट हिड्न आग्रह गर्नु भइको छ । सम्पुर्ण सहकारीलाई अझ सक्रिय साथ व्यवस्थित तरिकाले अगाडि लैजान सुझाव दिनु भएको छ । कार्यक्रममा पत्रकार महासङघ प्युठानका अध्यक्ष सन्जय रिजालले  नेपालि समाजमा रहेका शुसानका केन्द्रित भुमिका फेर्न सकियो भने सहकारीले कसरी भुमिका खेल्ने भन्े स्पस्ट हुने बताउनु भयो । त्यस्तै पत्रकार महासङघका केन्द्रिय सदस्य तथा जिल्ला सहकारी सङ्घका अध्यक्ष सुशिल पोख्रलले सहकारीको बारे जानकारी दिदै समुदायमा केन्द्रित रहेको शुसान प्रतिनिधिमा जुटेको बताउदै अवको समयमा  सहकारीलाई नयाँ तरिकाले सुढृत र व्यवस्ति तरिकाले अगाडि बढाउने बताउनु भएको छ । सहकारीले बहुआयमिक क्षेत्र ओगटेको र उद्यमशीलमा रहेका देशमा करिब तिस हजार सहकारीलाई सरकारले पनि आर्थिक उन्मुख तरिकाले लैजान देखिएको बताउनु भएको थियो । सहकारीबाट क्रण दिएर विदेश पठाउने होइन देशमा उत्पादन जोड दिने गनए जोड दिने बताउनु भएको छ । कार्यक्रममा विजुवार अस्पतालको स्वास्थ्य प्रमुख खिम प्रसाद पार्धे , रेडक्रस सोािइटि प्युठानका विजुवार उपशाखाअध्यक्ष लोकमणी भण्डारी ,  पत्रकार महासङघका प्युठानका  पुर्व अध्यक्ष गीरु प्रसाद भण्डारी दाह्री ग्याङका अध्यक्ष जीवन खनाल ,जिल्लामा रहेका विभन्नि सहकारीका कर्मचारीहरु पत्रकार , सन्चारकर्मी र स्वास्थ्यक्रमीको उपस्थित रहेको थियो भने उदघोषक सहकारी सङ्घको व्यवस्थापक राधिका भुषालले गर्नु भएकने हो ।

यो पनि पढ्नुहोस्