समय : ०२:३१ am | शुक्रबार , फागुन १४ गते २०८२

धनुषामा दुई ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, एक घाइते

स्वर्गद्वारी अपडेट | चैत्र ११ गते २०७९
स्वर्गद्वारी अपडेट समचार डेक्स ।धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरमा दुई ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।शनिवार बिहान पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १– ०१–००१ ख ९२९२ नम्बरको ट्रक एकापसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।मृत्यु हुनेमा ना ६ ख ६५७८ नम्बरको ट्रक चालक सुनसरी इनर्वाको २८ वर्षीय सागर चौधरी, सहचालक अर्जुन चौधरी र प्र १-०२-००१ ख ९२९२ नम्बरको ट्रक सह-चालक मोरङ बेलवारी नगरपालिका- ८ का ४४ वर्षीय लोकमान थापा रहेको धनुषा प्रहरीका नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।दुर्घटनामा प्र १-०२-००१ ख ९२९२ नम्बरको ट्रक चालक सर्लाहीको बागमती नगरपालिका- ११ का २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन्। उनको ढल्केवर अस्पतालमा उपचार भइरहेको छ।

यो पनि पढ्नुहोस्