समय : १२:४९ am | शुक्रबार , फागुन १४ गते २०८२

प्युठानमा आत्महत्या संख्या घट्दो क्रममा

स्वर्गद्वारी अपडेट | चैत्र ८ गते २०७९
राधिका भुसाल पछिल्लो समय आत्महत्या गर्नेको संख्या प्युठानमा घट्दो क्रममा छ। त्यस्तै गत आर्थिक वर्ष २०७८/०७९ मा प्युठानमा ६९ जनाले आत्महत्या गरेका थिए।प्युठान प्रहरीले दिएको तथ्यांक अनुसार झुण्डीएर ६१, विष सेवन ८ जना,जसमध्ये झुण्डिएर महिला २५ र पुरुष ३६ ,बिष सेवन गरि महिला ३ ,पुरुष ५ जनाले आत्महत्या गरेका थिए। त्यस्तै आर्थिक वर्ष २०७९/०८० फागुन मसान्त सम्म ४२ जनाले आत्महत्या गरेका छन्।जसमध्य महिला १८, पुरुष २४ जनाले आत्महत्या गरेको तथ्यांक छ।यस आर्थिक बर्षमा आत्महत्याको दर कम रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। लुम्बिनी प्रदेशमा यस आर्थिक वर्षको साउन महिनादेखि फागुन मसान्तसम्म १७५ जनाले आत्महत्या गरेका छन्।लुम्बिनी  प्रदेश प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार यस आर्थिक वर्षको आठ महिनाको अवधीमा १७५जनाले आत्महत्या गरेको जनाएको छ।पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दो छ।दैनिक दुई जनासम्मले विभिन्न कारणले आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ।पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगले आत्महत्याको घटनाहरु घट्नेको संख्या बढेको प्रहरीले बताएको छ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को पछिल्लो तथ्याङ्कले नेपाल धेरै आत्महत्या हुने मुलुकहरूको सूचीमा परेको देखाउँछ।    

यो पनि पढ्नुहोस्