समय : १२:४९ am | शुक्रबार , फागुन १४ गते २०८२

दाङमा जनावरको २० किलो सुकुटीसहित विक पक्राउ

स्वर्गद्वारी अपडेट | चैत्र ७ गते २०७९
स्वर्गद्वारी अपडेट समचार डेक्स। दाङमा जंगली जनावरको २० किलो सुकुटी बोकेर हिडिरेहका एक ब्यक्तीलाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका ७ निवासी ४९ वर्षीय कमानसिंह विकले जनावरको सुकुटी बोकेर हिडिरहेको सूचना पाएपछि खोजतलास गरेको थियो जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमका अनुसार प्लाष्टिकका दुई वटा बोरामा सुकुटी लिएर हिडिरेहका विकलाई राजपुर गाउँपालिका ५ नौसरा नजिकै हुलाकी राजमार्गबाट पक्राउ गरिएको हो ।पक्राउ परेका विकलाई अनुसन्धानका लागि बन डिभिजन कार्यालय लमहीमा बुझाईएको छ।

यो पनि पढ्नुहोस्