समय : ११:३१ pm | बिहिबार , फागुन १४ गते २०८२

स्ववियू निर्वाचन नजिकिदै गर्दा प्युठानमा नेकपाका विद्यार्थीहरु सर्वसम्मत निर्वाचित भए ठाउँ ठाउँमा

स्वर्गद्वारी अपडेट | फागुन २९ गते २०७९
 राजेन्द्र रावत क्षेत्री फाल्गुन २९। त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र बिद्यार्थी  युनियन निर्वाचन को मिति चैत्र ५ गते घोषणा भए संगै बिद्यार्थीहरुको  उत्साहजनक सहभागिता देखिएको छ। जिल्लाको ५ क्याम्पसहरुमा मनोनयन दर्ता संगै दलगत भातृ संगठनहरु बिच सहकार्यको वातावरण सिर्जना गर्दै बिद्यार्थी नेताहरु सर्बसम्मत निर्वाचित हुने क्रम पनि बढिरहेको छ । बैज्ञानिक , व्यवहारिक र सर्वशुलभ शिक्षाको एजेण्डा बोकि स्ववियू निर्वाचनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका नेताहरु सर्वसम्मत निर्वाचित भएका हुन। निर्वािचत हुनेमा जिल्लाकै प्रमुख र सबैभन्दा पुरानो क्याम्पस बिजुवार , पुण्यखोला स्थित स्वर्गद्वारी बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य उप सभापती पदमा गगन गिरी , इकाइ कमिटिका सचिव यमा पुन मगर सह सचिव रहेका छन् । त्यस्तै झिमरुक क्याम्पस वाग्दुलामा इकाइ कमिटि अध्यक्ष कमल रोका उपसभापती , अमर क्याम्पस भिंग्रीमा इकाइ कमिटिका अध्यक्ष सिर्जना भुसाल स्ववियू सह सचिव र सदस्यमा विन्दु परियार सवर्सम्मत निर्वािचत भएका छन् ।

यो पनि पढ्नुहोस्