समय : १०:०३ pm | बिहिबार , फागुन १४ गते २०८२

स्ववियु उमेदवारी मनोनयन देशभर तात्यो चुनावी माहोल

स्वर्गद्वारी अपडेट | फागुन २७ गते २०७९
स्वर्गद्वारी अपडेट समाचार डेक्स प्यूठान÷ प्यूठान, उच्च शिक्षा आर्जन गर्ने शैक्षिक थलोमा बिद्यार्थीहरुको हकहितको नेतृत्व गर्ने साझा संस्था स्वतन्त्र बिद्यार्थी युनियनको चुनावी सरगर्मी बढ्न थालेको छ । करिव डेढ दशक पछि हुन थालेको यो स्वबियू निर्वाचन लामो समयपछि हुन थालेका कारण पनि थप चासो जगाउको छ। मुलुकमा रहेका त्रिभूवन बिश्वबिद्यालय, मध्यपश्चिमाञ्चल बिश्वबिद्यालय, पूर्वाञ्चल बिश्वबिद्यालय काठमाण्डौ लगायत सवै बिश्वबिद्यालयहरु यतिवेला चुनावी प्रक्रियामा छन् । यस अनुसार त्रिभूवन बिश्वबिद्यालय अन्र्तगत आंगिक र संबन्धन प्राप्त गरी करीव एक हजारभन्दा बढी क्याम्पसहरुमा शनिवार उमेदवारी मनोनयन सम्पन्न भएका छन् । सरकार संचालनमा सहभागी सत्ता गठबन्धन दलहरु कांग्रेस माओबादी र एकीकृत समाजबादी लगायतका दलहरुको भातृ बिद्यार्थी संगठनहरुले अधिकांस क्याम्पसहरुमा स्वबियू निर्वाचनका लागि एमाले आस्था राख्ने बिद्यार्थी संगठन अनेरास्वबियू इतर साझा प्यानल खडा तालमेल गरी अगाडि बढेका छन् भने कतिपय क्याम्पसमा भने आ९आफ्नो अनुकुलताको आधारमा तालमेललाई अगाडि बढाएका छन् । यस अनुसार प्यूठानमा रहेका ५ वटा क्याम्पसहरुमा भने माओबादी आस्था राखे बिद्यार्थी संगठन अनेरास्वबियू क्रान्तिकारीले एकल प्यानल खडा गरेको छ भने नेबिसंघ, अनेरास्वबियू, अखिल छैठौं र बिप्लव नजिकको अखिल क्रान्तिकारीले भने साझा उमेदवार तयार गरी चुनावी प्रतिष्पर्धामा जुटेका छन् । प्राप्त जानकारी अनुसार स्वर्गद्धारी बहुमुखी क्बयाम्पसमा अखिल क्रान्तिकारीले सभापतिमा प्रेम बहादुर बिश्वकर्मालाई उतारेको छ भने साझा प्यानलबाट अनेरास्वबियूका टेकराज केसीले उमेदवारी दएका छन् । गौमुखी क्याम्पस मच्छिमा भने अखि छैठौका रजत बिसीको प्यानल निर्बिरोध बिजयी भएको छ । यस्तै प्यूठान क्याम्पसमा पनि नेवि संघबाट सभापतिका उमेदवार हिमाल जि।सी सहितको संयुक्त प्यानल र्निबीरोध ोध भएको छ । यस क्याम्पसमा अखिल क्रान्तिकारीले मनोनयन नगरेका कारण समानुपातिक समेत संयुक्तबाट बिजयी भएका छन् । यसैगरी अमर क्याम्पस भिंर्गमा ३ संगठन समेतको समर्थन लिंदै नेबिसंघबाट श्रीधर खड्काको प्यानलको उमेदवारी परेको छ भने अखिल क्रान्तिकारीले कल्पना पोखरेल सभापतिमा भिडेकी छन् । यसैगरी झिमरुक क्याम्पस बाग्दुलामा संयुक्त प्यानलको प्रतिनिधित्व गर्दै विप्लप निकट अनेरास्वियु क्रान्तिकारीका कमल पोख्रेलको प्यानलले उमेदवारी दिएको छ भने अर्को क्रान्तिकारी विद्यार्थीसंगठनले नरेश पुनको प्यानलमा उमेदवारी दिएको छ । ४ बटा विद्यार्थी संगठनको तालमेलले यो प्यानलनै विजय हुने प्राय निश्चित देखिन्छ।

यो पनि पढ्नुहोस्