स्वर्गद्वारी अपडेट प्यूठान । लोकप्रिय सोसल मिडिया प्लाटर्फम टिकटकमाथिको प्रतिबन्धको सिलसिला डेनमार्कसम्म पुगेको छ ।अमेरिकापछि डेनमार्ककेा रक्षा मन्त्रालयले आफ्ना सरकारी कर्मचारीहरुको फोनमा टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाएको छ ।उत्तर एटलान्टिक सन्धि संगठन नाटोको सदस्य रहेको डेनमार्कले साइबर सुरक्षाको कारण देखाउँदै टिकटकमाथि यस्तो कदम उठाएको हो ।नमार्क सरकारले टिकटक एपको सुरक्षा र डाटाको गोपनीयताका विषयमा पनि चिन्ता व्यक्त गरेको छ ।